भारत भ्रमणमा रहेका मालदिभ्सका विदेश मन्त्रीलाई एस जयशंकरले के भने ?
नयाँ दिल्ली । भारतसँग सम्बन्ध चिसिएकै समयमा मालदिभ्सका विदेशमन्त्री मुसा जमीर भारतको भ्रमणमा आएका छन् । लक्ष्यद्विपको विषयमा दुई देशबिच पछिल्ला केही महिनायता तिक्तता बढेको छ । जमिरको भारत भ्रमणका क्रममा उनीसँगको भेटमा भारतीय समकक्षी एस जयशंकरले छिमेकी भएकाले भारत र मालदिभ्सबिचको सम्बन्धको विकास आपसी हितमा निर्भर रहेको बताएका छन् ।
मालदिभ्समा नयाँ सरकार बनेपछि मालदिभ्सका विदेशमन्त्री मुसा जमीरको यो पहिलो भारत भ्रमण हो । भारत छिमेकीलाई पहिलो प्राथमिकता दिने नीति र सागर नीतिप्रति प्रतिबद्ध रहेको पनि उनले बताए । ‘मालदिभ्सको विकासमा भारतले महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो कयौं परियोजनाहरूबाट तपाईको देशका नागरिकलाई फाइदा भएको छ ।’ जयशंकरले भनेका छन् ।
विश्व उथलपुथलको स्थितिबाट गुज्रिरहेको र कोरोना, प्राकृतिक प्रकोप एवम् आर्थिक कठिनाइका बेला छिमेकी राष्ट्रहरूको महत्त्व आफूहरूले बुझेको पनि उनले बताए । मोहम्मद मुइज्जु राष्ट्रपति बनेपछि मालदिभ्स र भारतबीचको दूरी बढेको छ । मालदिभ्सका राष्ट्रपति आफ्नो पहिलो विदेश भ्रमणमा भारत आउने परिपाटी । मोहम्मद मुइज्जु पहिले युएई, टर्की र त्यसपछि चीन गए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ कोशीले गर्यो श्रम बजार सूचना प्रणाली सफ्टवेयर निर्माण
-
कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’
-
शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : देवप्रसाद गुरुङ
-
सिंहदरबारलगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी
-
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको हाजिरी : सबैभन्दा धेरै गयल हुनेमा देउवा, दोस्रोमा भट्ट
-
‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने