भारत भ्रमणमा रहेका मालदिभ्सका विदेश मन्त्रीलाई एस जयशंकरले के भने ?
नयाँ दिल्ली । भारतसँग सम्बन्ध चिसिएकै समयमा मालदिभ्सका विदेशमन्त्री मुसा जमीर भारतको भ्रमणमा आएका छन् । लक्ष्यद्विपको विषयमा दुई देशबिच पछिल्ला केही महिनायता तिक्तता बढेको छ । जमिरको भारत भ्रमणका क्रममा उनीसँगको भेटमा भारतीय समकक्षी एस जयशंकरले छिमेकी भएकाले भारत र मालदिभ्सबिचको सम्बन्धको विकास आपसी हितमा निर्भर रहेको बताएका छन् ।
मालदिभ्समा नयाँ सरकार बनेपछि मालदिभ्सका विदेशमन्त्री मुसा जमीरको यो पहिलो भारत भ्रमण हो । भारत छिमेकीलाई पहिलो प्राथमिकता दिने नीति र सागर नीतिप्रति प्रतिबद्ध रहेको पनि उनले बताए । ‘मालदिभ्सको विकासमा भारतले महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो कयौं परियोजनाहरूबाट तपाईको देशका नागरिकलाई फाइदा भएको छ ।’ जयशंकरले भनेका छन् ।
विश्व उथलपुथलको स्थितिबाट गुज्रिरहेको र कोरोना, प्राकृतिक प्रकोप एवम् आर्थिक कठिनाइका बेला छिमेकी राष्ट्रहरूको महत्त्व आफूहरूले बुझेको पनि उनले बताए । मोहम्मद मुइज्जु राष्ट्रपति बनेपछि मालदिभ्स र भारतबीचको दूरी बढेको छ । मालदिभ्सका राष्ट्रपति आफ्नो पहिलो विदेश भ्रमणमा भारत आउने परिपाटी । मोहम्मद मुइज्जु पहिले युएई, टर्की र त्यसपछि चीन गए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण