कांग्रेस संसदीय दलको बैठक
रविसहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
शुक्रबार, २८ वैशाख २०८१, १० : ५१
काठमाडौँ । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरुलाई आज संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतालाई संसदमा बोल्न दिने पार्टीले निर्णय गरेको जानकारी दिँदै त्यसपछि भने लामिछानेबारे उठेका विषय सम्बोधन गर्न संसदीय छानबिन समिति नभएसम्म बैठक अबरुद्ध गर्ने रणनीति पार्टीले लिएको बताए ।
आजको बैठकमा प्रमुख सचेतक रमेश लेखकले सुप्रिम सहकारी ठगीसम्बन्धी अदालतमा पेश भएको अभियोगपत्रबैठकमा वितरण गरेका थिए । रुपन्देही जिल्ला अदालतमा पेश भएको उक्त अभियोगपत्रमा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड रुपैयाँ लिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण