‘जनयुद्ध’ दिवसमा ओली सहभागी हुने
काठमाडौं । सत्तारुढ दल नेकपाले यो पटक मनाउन थालेको जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बनेपछि गतसाल पहिलो पटक मनाइएको सो दिवसमा अध्यक्ष ओली सहभागी भएका थिएनन् । यो पटक भने उनी सहभागी हुने भएका हुन् ।
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट शसस्त्र जनयुद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएको थियो । एकीकरणलगत्तै सो पार्टीले जनआन्दोलन र जनयुद्ध शब्दलाई मिलाएर दिवस मनाउने निर्णय गरेपनि अध्यक्ष ओली उपस्थित भएका थिएनन् । अहिले भने अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सो अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।
नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार योपटकको जनयुद्ध दिवस फागुन १ गते पार्टी कार्यालय धुम्बाराहीमा मनाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण