वीरगञ्ज सुक्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढ्यो
डेढ दशकमा वीरगञ्ज सुख्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ । सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ ।
ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताए । मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ ।
भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यस पटक प्रतिस्पर्धा गरेको छ । अहिले यो बनदरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ । यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ ।
यसपटक आम्दानी लिजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लिजिस्टिक्स, जेएम बक्सी समूह र अपना लिजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआइटीडीबीले बताएको छ ।
यो खबर आजको आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण