गर्भवती भएको थाहा पाएपछि शारीरिक सम्बन्धका बेला श्रीमानले काटिदिए श्रीमतीको गला, मृत्यु
२१ वर्षका एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेका छन् । ब्राजिलका पुलिसले घटनाको पुष्टि गरेका छन् ।
२१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि हत्या गरेको बताइन्छ ।
पुलिसका अनुसार फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेका थिए ।
यो जोडीको पहिले नै दुई सन्तान छन्, चार वर्षकी एक छोरी र दुई वर्षका छोरा । पुलिससँगको बयानमा आफूलाई अब थप सन्तान नचाहेको बताएका थिए । यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले पुलिसलाई जानकारी दिए ।
ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आरोपीलाई पनि घाँटी र नारी काटिएको अवस्थामा भेटिएको थियो ।
पुलिसका अनुसार श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेका थिए ।
२२ डिसेम्बर सन् २०१९ को घटनाको विषयमा पुलिसले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घटनाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ । यसअघि आरोपीले घटनाको विषयमा भिन्न भिन्न बयान दिँदै आएका थिए ।
अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो ।
तर विवादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरिक सम्बन्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ ।
तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ ।
दुई सन्तानकी आमाको मृत्यु भएको त्यतिबेला पत्ता लाग्यो जब उनका आफन्तले जति सम्पर्क गर्न खोज्दा पनि उनलाई भेट्न सकेनन् ।
उनीहरुले कुनै जवाफ नपाएपछि उनकै घर जाने निधो गरे । घटनाको दोस्रो दिन जब उनीहरु फ्रान्सिनको घरमा पुगे तब २० मिनेटसम्म ढोका ढक्ढकाउँदा पनि नखोलिएपछि फोड्ने निधो गरे ।
ढोका फोडेर हेर्दा उनीहरुको फ्रान्सिनको हत्या भइसकेको पाए । कोठा भरी रगत छरिएको थियो, रगतका छिटा भित्ता र भुईंभरी लत्पत्तिकएको थियो ।
तेस्रो सन्तानलाई थुप्रै हप्तादेखि गर्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृत अवस्थामा भेटियो ।
आरोपीलाई अर्धचेत अवस्थामा भेटिएको थियो । उनलाई सुरुमा भार्जिया पाउलिस्ता इमर्जेन्सी युनिटमा पुर्याइएको थियो पछि सोधपुछका लागि उनलाई पक्राउ गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण