पूर्व सांसदले मापसे गरेर चलाएको कारले ठक्कर दिँदा एकको अवस्था गम्भीर
नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैतलयात्रुलाई ठक्कर दिएको छ।
उनले चलाएको निजि कारको ठक्करबाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।
दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो। गिरीले चलाएको कारको ठक्करबाट विक गम्भीर घाइते हुनु भएको प्रहरी कार्यालय अमिलियाले जनाएको छ।
प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ। घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण