अन्तिम फैसला सुन्न अदालत पुगे महरा
सोमबार, ०५ फागुन २०७६, १२ : २४
काठमाडौं । बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको अन्तिम फैसला केहीबेरमा हुदैछ ।
अदालतको अन्तिम फैसलाका लागि महरालाई सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।
महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । फैसलाको प्रतिक्षमा रहेका महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका छन् ।
बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने