ऊहानबाट नेपाली ल्याएको वाइड बडी जहाजले नियमित उडान भर्दै
काठमाडौं । चीनको हुवान प्रान्तको ऊहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । ऊहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो ।
उक्त जहाजबाट कोरोना भाइरस फैलिएको ऊहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ ।
चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गरिनेछ’, उनले भनिन् ।
निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।
वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
ऊहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण