गोदावरीका २७ सहकारी झोलामा
ललितपुर । गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् । त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताए ।
उनले भने, ‘गत आर्थिक वर्ष २०७५/७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक÷एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।’ गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उनले बताए ।
गोदावरीमा सहकारी शिक्षाको तालिम शुरु
गोदावरी नगरपालिका–१ गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालिम शुरु भएको छ । शाखाले सहकारी साक्षारतासम्बन्धी जानकारी दिने उद्देश्यका साथ उक्त एकदिने तालीम शुरु गरेको हो । तालीममा शाखाप्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिक्स र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताए ।
उनले भने, ‘यस तालिममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।’ शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालिम दिने घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित