अहिलेको व्यवस्थालाई नै थप व्यवस्थित गर्न सके समृद्द राष्ट्र निर्माण हुन्छ: मुख्यमन्त्री भट्ट
कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न सके समृद्घ राष्ट्र निर्माण गर्न ढिला नहुने बताएका छन् । आज सुदुरपश्चिम प्रदेश रासस धनगढीको ५९ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
अहिलेको व्यवस्था जस्तो अन्य कुनै व्यवस्था नरहेको भन्दे मुख्यमन्त्री भट्टले तीन तहका सरकारले हातेमालो गर्दै नयाँ सोच र उद्देश्यका साथ अगाडी बढे जनताले अपेक्षा गरेका सबै कुरा पुरा हुने दाबी गरे । भ्रष्टाचार र विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार लागिरहेको बताउँदै उनले भने, ‘हाम्रो ध्यान त्यसैमा गएको छ ।’
उनले देशको विकासका लागि स्वतन्त्र प्रेस हुन आवश्यक रहेको समेत उनले बताए । कार्यक्रममा कानुनमन्त्री प्रकाशबहादुर शाहले देश विकासको अभियान र परिवर्तनको आन्दोलनमा मिडियाले खेलेको भूमिका प्रशंसनीय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण