नाडाका प्रतिनिधि मण्डल अर्थ मन्त्रालयमा, फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा छलफल
काठमाडौं– नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको १० सदसिय नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे विस्तृत छलफल गरेको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती हुनु भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका सम सामयिक समस्याहरु बारे आ आफनो धारणा राखेका थिए ।
सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे जानकारी गराए । उक्त भेटघाटमा सचिव ढुङ्गानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आस्वाशन समेत दिए ।
भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण