बर्थडे सेलिब्रेसन : अध्यक्ष ओलीबाटै आचारसंहिता उल्लङ्घन !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफैले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् । गत माघ महिनामा ओली अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरसहित नेकपाले आफ्ना सबै नेता कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको थियो ।
उक्त आचारसंहिताको २ नम्बर बुँदामा जन्मदिन, व्रतवन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्ने उल्लेख छ । तर प्रधानमन्त्रीसमेत रहेका ओलीले ६९ औँ जन्मोत्सव मनाउने क्रममा बालुवाटारमा परिवारबाहेकका अन्य सदस्यहरुसमेत सहभागी छन् ।
ओलीको बर्थडे मनाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, काँग्रेस नेतृ सीता गुरुङलगायत गएका थिए ।
आचार संहितामा भनिएको छ, ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने उल्लेख छ । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


