हुण्डाइको नयाँ ‘आयनिक ईलेक्ट्रिक २०२०’ नेपालमा
काठमाडौं– हुण्डाइको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आफ्नो नयाँ ईलेक्ट्रिक कारको ‘आयनिक ईलेक्ट्रिक २०२०’ लन्च गरेको छ ।
हुण्डाइ आयनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ठ पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रिक प्रिमियम सेडानले ईलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।
आयनिकमा 38.3kWh ईलेक्ट्रीक मोटरको साथ 100 kW को ब्याट्री पावर छ र यसको अधिकतम स्पीड 165kph छ, जसले यसलाई बिना झनझट लामो दुरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ रेन्ज ३११ कि.मी. छ । यो पूर्ण ईलेक्ट्रिक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्छ ।
नयाँ ‘आयनिक ईलेक्ट्रिक २०२०’ मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । ‘आयनिक ईलेक्ट्रिक २०२०’ को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलईडी डीआरएल र हेडल्याम्प, स्मार्ट ईलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ ।
यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि । यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण छ ।
उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुण्डाइले ‘आयनिक ईलेक्ट्रिक २०२०’को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण