फेवातालमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता
सोमबार, १२ फागुन २०७६, १९ : ३०
पोखरा । फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।
प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।
प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको थियो । बेपत्ता एकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण