ओली नेतृत्वको सरकारबाट जनता निराशः कमल थापा
जनकपुर । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको उनले बताए ।
उनले मुलुकमा भ्रष्टचार,महँगी जस्ता क्रियाकिलापहरु बढेको अरोप लगाए । उनले जनताका अपेक्षाहरु पूरा नगर्दा वर्तमान सरकारप्रति मोह भंग भएको समेत बताए । अध्यक्ष थापाले नेकपा पार्टी भित्रको अन्तरद्वन्द्वको कारणले सरकार अस्थिरताको अवस्थामा पुगेको बताउँदै उनले जनताले शान्ति र समृद्धि चाहेको बताउँदै सरकार त्यो बाटोबाट पछाडि हटेर भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।
अध्यक्ष थापाले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि गर्न लागिएको संविधान संशोधन कुनैपनि पार्टीलाई मान्य नरहेको बताउँदै सरकारले जनताको भावनाविपरित राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाए । उनले संविधानमा देखिएको त्रुटिहरुलाई सुधार गरेर संविधानलाई सर्वस्वीकार बनाउनुपर्ने समयमा सरकारले बाटो बिराएर गलत मनसायमा संविधान संसोधन गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण