विश्वका साहित्यकार सुदूरपश्चिमको मौलिक परिकार चाख्दै
-टंक कुँवर
कैलाली । विश्वका साहित्यकारहरु सुदूरपश्चिममा पाईने मौलिक परिकारका खानाको स्वाद चाख्न पाउँदा दङ्ग भएका छन् । बिहीबारदेखि धनगढीमा जारी खाना महोत्सवमा साहित्यकारहरुले सुदुरपश्चिममा पाईने मौलिक परिकारको स्वाद लिइरहेका छन् ।
खाना महोत्सव परिसरमै विश्व नेपाली साहित्य सम्मेलन भइरहेको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट आएका साहित्यकारको उपस्थिति छ । साहित्य सम्मेलनमा सहभागीहरुले स्थानीय परिकार ‘फाडो’लाई निकै मन पराईरहेका छन् । उनीहरुले पहिलो पटक फाडो खाँदा स्वादिष्ट लागेको प्रतिक्रिया दिए ।
महोत्सवमा दैनिक एक हजार लिटर फाडो पाकिरहेको आयोजकको भनाइ छ । फाडो सुदूरपश्चिमको मौलिक खानाको परिकार हो । यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहेका ‘ग्लोवल नेप्लिज सेफ फेडरेसन’का केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी लगायतको टोलीले फाडोलाई व्यवसायिकरणका लागि काम गरेको छ ।
ठुला तारे होटेल तथा रेष्टुरेण्टमा यसलाई समावेश गर्नका लागि आवश्यक चेकजाँच भईरहेको छ । ‘हामी फाडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर लागिरहेका छौँ,’ अध्यक्ष भण्डारीले भने, ‘फाडो खाएर त्यसमा फिडव्याक आओस् भनेर दैनिक रुपमा ग्राहकहरुलाई खुवाईरहेका छौं ।’
भण्डारी नेतृत्वको टोलीले विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने लगायतका फरक र नयाँ कार्यहरु पनि महोत्सवमा गरेको छ । २० फागुनसम्म सञ्चालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएका छन् । रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कमल बमले बताए ।
‘सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ’, होटेल व्यवसायी संघका अध्यक्ष बमले भने, ‘संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरेका हौँ ।’ प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डिभात, भुबुरे लगायतका परिकारहरुको स्वाद दिइरहेको उनले बताए । महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण