‘इन्डियन–२’ को शुटिङका क्रममा मृत्यु भएकाका परिवारलाई १ करोड दिने घोषणा
शनिबार, १७ फागुन २०७६, ०८ : १९
बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् ।
निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन् ।
उनले भने, ‘परिवारलको लागि यो सहयोग ठूलो नभएपनि सहयोग स्वरुप १ करोड दिने घोषणा गरेको हुँ ।’ उनले सेट सुरक्षित हुँदा हुँदै पनि भएको दुर्घटनामा विश्वास गर्न मुश्किल भएको बताएका छन् ।
ईभीपी फिल्म सेटमा गत फेब्रअरी १९ को रातमा सेटमा क्रेन भाँचिएर तीन प्राविधिकको मृत्यु भएको थियो । जसमा १२ जना घाइते भएका छन् ।
दुर्घटनामा अभिनेता कमल हसन, अभिनेत्री काजल अग्रवाल र निर्देशक एस शंकर पनि घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण