आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो
सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्याउने गरी कुनै गल्ती नगरेको बताएका छन् ।
राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए ।
उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।
शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए ।
दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।
सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।
मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण