विदेशबाट फर्किएका २ नेपालीलाई कोरोना संक्रमणको आशंका, टेकु अस्पताल भर्ना
आइतबार, १८ फागुन २०७६, १९ : २७
काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा विदेशबाट नेपाल आएका २ जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । दक्षिण कोरिया र चीनबाट स्वदेश फिर्ता भएका दुईजना नेपालीलाई अस्पताल भर्ना भएकोे अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताए ।
दक्षिण कोरिया र चीनको कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्रबाट फर्केका नेपाली नागरिक घर आइसकेपछाडि ज्वरो आउँदा अस्पताल आएका कारण उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । ती दुई देशबाट आएका २१ जनालाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।
उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले सोमबारसम्म रिर्पोट आउने बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण