ग्लोबल ‘टपअप मुद्दती निक्षेप योजना’ संचालनमा
सोमबार, १९ फागुन २०७६, १९ : २०
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ ।
यस योजनामा न्यूनतम १० हजारमा सहभागी हुन सकिने छ । जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।
साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।
ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्दती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण