शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षको अन्योल कायमै

मङ्गलबार, २० फागुन २०७६, ०७ : ४०
मङ्गलबार, २० फागुन २०७६

सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । 

सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई नै स्थगित गर्ने वा निरन्तरता दिने भन्ने विषयमा ठोस निर्णय नआउँदा भ्रमण वर्ष अन्योलमा परेको छ । 

आइतवार बेलुकी अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा सार्ने प्रस्ताव आएको भनिए पनि यस विषयमा कुनै ठोस निर्णय बाहिर नआएपछि भ्रमण वर्षको तालुकदार मन्त्रालय र भ्रमण वर्ष सचिवालय नै भ्रमण वर्ष के हुने भन्नेमा अन्योल देखिन्छन् । 

सरकारले भ्रमण वर्षका बारेमा सरोकारवालाहरूसँग के गर्दा उपयुक्त होला भन्नेमा न छलफल गरेको छ, न त गर्न खोजिएका उपायबारे जानकारी नै आएको छ । आइतवारको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका बारेका के निर्णय गरेको छ भन्ने विषयमा सोमवारसम्म पनि स्पष्ट तथ्य बाहिर आउन सकेन । 

मन्त्रिपरिषद् बैठकका निर्णयबारे सञ्चारमाध्यमलाई हरेक बिहीवार मात्रै जानकारी दिने प्रचलनले मन्त्रिपरिषद्का निर्णयबारे सूचना पाउनसमेत मुश्किल भएको छ । मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गरी २०२२ मा गर्ने भन्ने प्रस्ताव आएको आपूmले सुनेको तर यसबारेमा औपचारिक रूपमा केही थाहा नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  टीपी भुसालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप