प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ
मङ्गलबार, २० फागुन २०७६, १५ : ३५
काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र सहचालक नविन राई रहेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीलाई नगद रू ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण