डोल्पामा भाइरलका कारण विद्यालय बन्द
मङ्गलबार, २० फागुन २०७६, २२ : ०१
त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा मौसमी फ्लुको आशङ्का गरिएको अज्ञात रोगका कारण विद्यालयनै बन्द गरिएको छ । एक सातादेखि गाउँमा फैलिरहेको भाइरलका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेजस्तो समस्या देखिएपछि गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको हो । विद्यालयले एक सूचनाजारी गर्दै विद्यालय बन्द भएको जानकारी गराएको हो ।
भाइरलपूर्णरुपमा नियन्त्रणमा नआउञ्जेलसम्म अनिश्चितकालीनरुपमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक नवराज बुढाले जानकारी दिए । गाउँमा पचासदेखि ६०सम्म भाइरलका कारण बिरामी भएर थला परेको बताइएको छ । सोमबार गाउँमै पुगेको स्वास्थकर्मीको टोलीले ४० को उपचार गरिरहेको वरिष्ठ अहेव शेरबहादुर कठायतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण