नम्बर नदेखिने सवारीमाथि कारवाही सुरु
बुधबार, २१ फागुन २०७६, ०८ : ०६
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको छ ।
राख्नुपर्ने नम्बर प्लेट नरखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरुलाई रोक्न नै उक्त अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।
यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण