शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

शनिबार, ०२ साउन २०८३, १४ : ५४
शनिबार, ०२ साउन २०८३

सारांश

  • सङ्खुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
  • चैनपुर नगरपालिका-०७ घर भई हाल मादी नगरपालिका -०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै श्रीमती फुलमाया मुदेलको हत्या गरेका हुन् ।
  • घरायसी विवादका क्रममा धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेको र घटनामा प्रयोग गरिएको खुकुरीसहित सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । सङ्खुवासभामा  श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको चैनपुर नगरपालिका–०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्की सो आरोपमा पक्राउ परेका हुन् । 

उनले ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप