सीपी मैनालीको दुर्घटना नियोजित रहेको मालेको ठहर
काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सीपी मैनालीको सडक दुर्घटना अस्वभाविक र नियोजित रहेको ठहर गरेको छ । स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा सम्पन्न बैठकले यस्तो ठहर गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा मालेले मैनालीको दुर्घटना एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनजारी आन्दोलनमा लागेका नेतालाई भौतिकरुपबाटै समाप्त पार्ने नियतले गराईएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको जनाइएको छ । मालेले दुर्घटनाको सीआईबीद्वारा जाँच गराउन सरकारसँग माग गर्ने र पार्टीको गठित कार्यदलद्वारा जनस्तरबाट छानबनि गराउने समेत जनाएको छ ।
बैठकले ३.एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनका लागि नेकपा (माले) सहित देशमा क्रियाशील दश राजनीतिक दलद्वारा बिभिन्न चरणका बिरोध कार्यक्रमहरू भइरहेको भन्दै नेकपा (माले)एम्.सी.सी.सम्झौता खारेज र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन तथा संघर्षको मैदानमा डटिरहने उल्लेख छ ।
त्यसक्रममा मालेले फागुन २२ गते पूर्व निर्धारित बिरोधको कार्यक्रम स्थगित भएको जनाएको छ । बैठकले प्रधानमन्त्री केपी ओली शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण