कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बिमा दाबी भुक्तानी
बिहीबार, २२ फागुन २०७६, १८ : ३८

काठमाडौं– कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बिमा, आकस्मिक दुर्घटना बिमा, शारीरिक अशक्तता बिमा लगायत १८ घातक रोगहरु विरुद्ध बिमा सुविधा प्रदान गरिआएकोमा, विभिन्न ग्राहकहरुले बिमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।
आजको मितिसम्म, ६१ बिमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले१,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् ।
यीमध्ये धेरैजसो औषधोपचार बिमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बिमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै