आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी
आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ।
अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि भ्रमणका लागि नेपाल आउन पर्यटक हिचकिचाइरहेको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। ‘स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले नेपालबाट फर्किने पर्यटकलाई संक्रमण नभए पनि उनीहरूको देशमा क्वारेन्टाइन राख्ने डरले अहिले पर्यटक नेपाल आउन चाहँदैनन्’, उनले भने।
पर्यटक भित्रिने क्रम घटेसँगै यसले मुलुकको आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने संघले उल्लेख गरेको छ। यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण