सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रेखा थापा भन्छिन्–महिला श्रृंगारको वस्तु होइन, अधिकारको लागि लडौं

आइतबार, २५ फागुन २०७६, १७ : ५८
आइतबार, २५ फागुन २०७६

काठमाडौं । चर्चित नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताएकी छिन् । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् । ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् । 

राप्रपा (संयुक्त) की सह–महामन्त्री समेत रहेकी उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धी नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताईन् । महिला श्रृंगारको बस्तु हुनै नसक्ने बताउँदै उनले भनिन्, ‘महिला भनेको श्रृंगारको वस्तु होइन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ । म भन्छु अब महिला बन्नको लागि होइन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उनले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् । 

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताइन् । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्नेमा जोड दिईन् । 

उनले महिलालाई अधिकार दिईए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको पनि बताइन् । 

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप