बेटिससँग रियल स्तब्ध, बार्सालाई दुई अंकको अग्रता
रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १–२ गोलको अन्तरले पराजित भएको हो ।
उता, शनिबार रियल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको थियो । तर, जिनेदिन जिदानको टोलीले त्यसको जवाफ जीतबाट दिन सकेन ।
रियल खेलको ४० औँ मिनेटमा सिडेनीको उत्कृष्ट गोलपछि १–० ले पछि परेको थियो तर पहिलो हाफको इन्जुरी समयमा करिम बेन्जेमाको पेनाल्टीको मद्दतले रियल खेलमा फर्कियो ।

खेलको ८२ औँ मिनेटमा क्रिस्टियन टेलोले निर्णायक गोल गरेपछि रियल खेलमा स्तब्ध बन्यो । २७ खेलपछि बार्सिलोना ५८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडको ५६ अंक रहेको छ ।
आइतबार भएका अन्य खेलमा एथ्लेटिक बिल्बाओले रियल भालाडोलिडलाई ४–१ पराजित गर्यो भने लेगानेसले भिल्लेरियालाई २–१ ले हरायो । एस्पानियोल ओसासुनासँग १–० ले हार्दा लेभान्ते र ग्रान्डाले १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण