मुख्यमन्त्री गुरुङद्वारा होलीपर्वको शुभकामना
सोमबार, २६ फागुन २०७६, १० : २९
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) को अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाइ शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण