बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय
जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।
न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद र रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए ।
नेपाली काँग्रेसका वडा सभापतिसमेत रहेका रावल राति घरमै आएर बलात्कार गरेको भन्दै पीडित महिलाले साउन महिनामै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ ।
यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका–३ का ३९ वर्षीय हीरण्डबहादुर कुँवरलाई नौ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । गत भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएको थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण