प्रदेश लोकसेवा आयोगसहित दुईवटा विधेयक विषयगत समितिमा
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशनको सातौँ बैठकमा छलफलका लागि प्रस्ताव गरिएका तीन विधयेक आज सम्बन्धित विषयगत समितिमा पठाउन स्वीकृति दिइएको छ ।
‘कर्णाली प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधयेक’, ‘कर्णाली प्रदेशको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधयेक २०७६’ र ‘कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६’ प्रदेशसभा बैठकबाट विषयगत समितिमा पठाउन स्वीकृति दिइएको हो । बैठकले सो सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली प्रदेश लोकसेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुको संशोधनको सूचना बमोजिम दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेका थिए । प्रदेशसभा सभामुख राजबहादुर शाहीले विधायन तथा आन्तरिक मामिला पठाउन निर्णयार्थ पेश गरेसँगै बैठकले उक्त प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘कर्णाली प्रदेशको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६’ सभामा सैद्धान्तिक छलफल भई प्रदेशसभा सदस्यको संशोधनको सूचना बमोजिम दफावार छलफलका लागि प्रस्ताव गरेका थिए। सभामुख शाहीले बैठकमा दुवै विधेयक निर्णयार्थ पेश गरेपश्चात् प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका लागि पठाउने उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण