राप्रपामा एकतापछि पहिलो मनोनयन, सचिवालय प्रमुखमा भद्रा र प्रधान
सोमबार, ०३ चैत २०७६, १६ : २५
काठमाडौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुब बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) लाई मनोनयन गरिएको छ ।
राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो । आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण