आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल

शनिबार, ०६ असार २०८३, २२ : ५५
शनिबार, ०६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा नेदरल्याण्ड्सले स्वीडेनविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
  • खेलको ५ औँ मिनेटमा स्ट्राइकर ब्रायन ब्रोबीले गोल गर्दै नेदरल्याण्ड्सलाई १-० को अग्रता दिलाए ।
  • यो अग्रता जोगाएमा नेदरल्याण्ड्सको ४ अंक हुनेछ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले स्वीडेनविरुद्ध सुरुवाती अग्रता लिएको छ । ह्युस्टन स्टेडियममा भइरहेको खेलमा नेदरल्याण्ड्सले १–० को अग्रता बनाएको हो ।

खेल सुरु भएको ५ औँ मिनेटमै नेदरल्याण्ड्सका स्ट्राइकर ब्रायन ब्रोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनलाई गोलका लागि कोडी गाक्पोले उत्कृष्ट पास उपलब्ध गराएका थिए ।

पहिलो खेलमा जापानसँग बराबरी खेल्दै अंक बाँडेको नेदरल्याण्ड्सका लागि यो गोल र सुरुवाती अग्रता निकै महत्त्वपूर्ण साबित हुन सक्छ । यदि नेदरल्याण्ड्सले यो अग्रता जोगाएर जित हात पारेमा उसको ४ अंक हुनेछ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप