सिटिजन्स बैंकद्वारा श्री भृकुटी माध्यमिक विद्यालयलाई सहयोग प्रदान
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम गरी बैंकले मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्यार्थीको सर्वाङ्गिण बिकासमा शिक्षाले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा सो कुरालार्ई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।
नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।
भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण