‘बी’ डिभिजन र एन्फा साधारण सभा स्थगित
मङ्गलबार, ०४ चैत २०७६, २१ : ३९
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ ।
विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चैत १२ गतेसम्म लिग स्थगित गरेको उल्लेख गरेको छ ।
यसअघि चैत २३ गतेसम्मका लागि तय भएको लिगमा छैटौं चरणका खेल जारी छ । यसैगरी एन्फाले चैत २६ गते तोकिएको एन्फाको बार्षिक साधारण सभा पनि अर्को सुचना नहुँदासम्मका लागि स्थगित गरेको छ ।
कोरोनाका कारण साधारण सभामा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रतिनिधी आउन नसक्ने भएपछि एन्फाले साधारण सभा स्थगित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण