‘बी’ डिभिजन र एन्फा साधारण सभा स्थगित
मङ्गलबार, ०४ चैत २०७६, २१ : ३९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ ।
विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चैत १२ गतेसम्म लिग स्थगित गरेको उल्लेख गरेको छ ।
यसअघि चैत २३ गतेसम्मका लागि तय भएको लिगमा छैटौं चरणका खेल जारी छ । यसैगरी एन्फाले चैत २६ गते तोकिएको एन्फाको बार्षिक साधारण सभा पनि अर्को सुचना नहुँदासम्मका लागि स्थगित गरेको छ ।
कोरोनाका कारण साधारण सभामा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रतिनिधी आउन नसक्ने भएपछि एन्फाले साधारण सभा स्थगित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
एकीकृत समाजवादीका ३३ विभाग झन्डै १ वर्षदेखि अपूर्ण
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?