कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो
एजेन्सी । कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या १ सय १६ पुगेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने छ हजार नाघेको छ ।
अधिकारीहरुका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या ६ हजार २ सय ३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १०५ पुगेको अधिकारीहरुले जानाकारी दिएका छन् ।
अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् ।
अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिक रुपमा सयौं व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ ।
भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ ।
कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ । भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन् ।
इजरायलमा थप नब्बेजना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको सङ्ख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन् । –सिन्ह्वा/Photo: Aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण