आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ : महोत्तरीका सीमा नाका बन्द

आइतबार, ०९ चैत २०७६, १० : ५०
आइतबार, ०९ चैत २०७६

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमा नाका बन्द गरिएका छन् । 

जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला  अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न  ११ मुख्य र अरु बस्ती÷बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।   

करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी,  सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् ।

 बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ  । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । 

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताए ।  

जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवासहित तीन नगरपालिका एवं एकडारा र सम्सीसहित दुई गाउँपालिकासमेत पाँच स्थानीय तह पर्दछन् । 

जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरणसहितको स्वास्थ टोली यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप