हाटबजार नलगाउन नगरपालिकाको आह्वान, नागरिकता तथा राहदानी वितरण स्थगित
रौतहट । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरसको सङ्क्रमणबाट जोगिन रौतहट जिल्लामै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ । भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुश्वाहाले हाटबजार नलगाउन आग्रह गरेका हुन् । मेयर कुश्वाहाले माईकिङ गराईनुका साथै स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्र अन्तर्गतको सबै बजार नलगाउन सबैमा अनुरोध गरेको छ ।
सप्ताहिक हाटबजारमा हजारौं मानिस जम्मा हुने भएकाले कोरोनाको जोखिमबाट जोगिन यस्तो कदम चालिएको मेयर कुश्वाहाले बताए । उता, जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबारबाट नागरिकता प्रमाणपत्र र राहदानी वितरणमा रोक लगाएको छ ।
कार्यालयमा नागरिकता र राहदानी लिन दैनिक ठुलो संख्यामा मानिसको भीड जम्मा हुने भएकाले तत्कालका लागि दुवै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । कोरोना भाईरसबाट सर्वसाधारण यात्रुहरुलाई जोगाउन आइतबार गौर–चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग गरुडामा यात्रुलाई मास्क वितरण गरिएको छ ।
प्रहरीको आग्रहमा गढीमाई नगरपालिकाको लगानीमा मेयर श्यामबाबू यादव र डिएसपी ज्ञानकुमार महतोले संयुक्तरुपमा मास्क वितरण गरे । यात्रु तथा सवारी चालक गरी २ हजार मास्क वितरण गरिएको गढीमाई नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण