बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसियामा भूकम्पबाट क्षति

आइतबार, ०९ चैत २०७६, १५ : ४७
आइतबार, ०९ चैत २०७६

जाग्रेब । पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ । 

युरोपेली भूगर्भ केन्द्र (सीसेम)का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीबासीहरु दौडिएर सडकमा भेला भएका थिए । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट केबल ७ किलोमिटरमुनि मात्र रहेको थियो । 

सिसेमले एक घण्टापछि पुनः ५ म्याग्नीच्यूडको परकम्प गएको जनाएको छ । तर भूकम्पबाट मानिसको मृत्यु भएको विवरण प्राप्त भइनसकेको स्थानीय प्रहरीले जनाएको छ । कोरोनाभाइरसबाट जनजीवन त्रसित भइरहेकै समयमा भूकम्पले थप पीडा दिएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप