क्रोएसियामा भूकम्पबाट क्षति
आइतबार, ०९ चैत २०७६, १५ : ४७
जाग्रेब । पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ ।
युरोपेली भूगर्भ केन्द्र (सीसेम)का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीबासीहरु दौडिएर सडकमा भेला भएका थिए । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट केबल ७ किलोमिटरमुनि मात्र रहेको थियो ।
सिसेमले एक घण्टापछि पुनः ५ म्याग्नीच्यूडको परकम्प गएको जनाएको छ । तर भूकम्पबाट मानिसको मृत्यु भएको विवरण प्राप्त भइनसकेको स्थानीय प्रहरीले जनाएको छ । कोरोनाभाइरसबाट जनजीवन त्रसित भइरहेकै समयमा भूकम्पले थप पीडा दिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण