प्रहरीका असई र पत्रकार नै हिरा लुटपाटमा संलग्न
लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजना मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् ।
पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा कार्यरत उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए ।
तर कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भागेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।
हिरा लुटेर भाग्दै गर्दा उनीहरुलाई प्रहरीले रोकी खानतलासी गरेको थियो । आइतबार साँझ पक्राउ परेका उनीहरुले हालसम्म केही पनि बताएका छैनन् । उनीहरुलाई यतिबेला जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिँदै छ ।
डिआइजी भन्छन्, ‘उनीहरु महाअपराधी हुन्, संगठनमा बस्ने अधिकार हुँदैन’
यसै सम्बन्धमा के भएको हो भनी महानगरीय आयुक्त कार्यालयका डिआइजी विश्वराज पोखरेललाई सम्पर्क गर्दा उनीहरुलाई कडा भन्दा कडा कारवाही हुने बताए ।
सिआरभी टोलीलाई महानगरीय आयुक्त कार्यालयले खटाउने गर्छ । यद्यपि उनीहरु दरवारमार्ग वृत्तमा रहेर काम गर्दै आएका थिए । सिआरभी टोलीको डुयुटी १२ घण्टाको हुने र उनीहरु आफ्नो ड्युटी सकेर कार्यालयबाट हिँडेको जानकारी आएको डिआइजी पोखरेलले बताए ।
उनले भने ‘लुटपाटमा संलग्न जो भएपनि उनीहरुलाई कारवाही त भई नै हाल्छ । अझ उनीहरु त बर्दी कै प्रहरी भएको भएपछि बर्दीमै अपराध गर्नेलाई कुनै पनि हालतमा नछोडिने र थप कारवाही गर्ने डिआइजी पोखरेलले बताए । उनीहरुलाई प्रहरी संगठनमा बस्ने कुनै अधिकार नरहेको भन्दै यसबारे थप बुझेर जानकारी दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा
-
बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम
-
हप्तामा एक दिन गर्नुस् यो काम, २०० भन्दा बढी रोगबाट बचिनेछ
-
बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित
-
अतिप्रशंसा र विवादबिच घेरिएको रतन टाटा र टाटा समूहको इतिवृतान्त
-
देवी दुर्गाको ‘खोइछ’ भरिँदै