भारतसँग जोडिएका धनुषा र महोत्तरीका सीमा नाका सुनसान, यात्रुहरु अलपत्र
जनकपुर । कोरोनाभाइरस संक्रमणका कारण नेपाल–भारत सीमा नाकामा यात्रु आवागमन पूर्ण रुपले बन्द गरिएको छ ।
सोमबार बिहान १० बजेसम्म सीमावर्ती क्षेत्रमा न्यून चहलपहल देखिए पनि १० बजेपछि सुनसान भएका हुन् ।
महोत्तरीको जलेश्वरस्थित मुख्य नाका रहेको प्रमुख व्यापारिक भन्सार भिठ्ठामोड हुँदै भारततर्फ जाने यात्रुहरुलाई भारतीय सुरक्षाकर्मीले १० बजेपछि रोक लगाएपछि कयौँ भारतीय नागरिक नेपालमा अलपत्र परेका छन् ।

भिठ्ठामोड नाका हुँदै भारत तर्फबाट बिहान १० बजेसम्म १ सय १६ जना भित्रिएको र थर्मल गनमार्फत उनीहरुको ज्वरो चेकजाँच गरी नेपाल प्रवेश गर्न दिइएको स्वास्थ्यकर्मी निशा यादवले जानकारी दिइन् । उनका अनुसार १० बजेपछि भारत तर्फबाट यात्रुहरु नेपाल भित्रिन छाडेका छन् ।

सशस्त्र प्रहरी बल महोत्तरीका प्रहरी नायव उपरीक्षक विष्णु धितालले महोत्तरीको मुख्यनाका भिठ्ठामोड, सहायक नाकाहरु मटिहानी, सम्सी, रघुनाथपुर र कटिकटैया समेत बन्द गरिएको जानकारी दिए ।
त्यस्तै धनुषाको जटहीस्थित सहायक छोटी भन्सार नाकासमेत सुनसान छ । भारत र नेपाल तर्फका सुरक्षा निकायले आ–आफ्नो तर्फका सीमा क्षेत्र बन्द गरेपछि आवतजावत पूर्णरुपले ठप्प छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण