बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्षद्वारा कोरोना भाइरस कोषमा एक महिनाको तलब प्रदान

मङ्गलबार, ११ चैत २०७६, ०८ : ५५
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको  “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक महिनाको तलब प्रदान गरेकी छन् । ।

उपाध्यक्ष दाहालले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन् । 

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि अपिल गरेकी छन् । उपाध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण जोखिम नेपालमा पनि रहेकाले संक्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन पनि सचेत गराएकी छन् ।

विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ । 

उपचार कोषमा यसअघि प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले पनि एक एक महिनाको तलब जम्मा गराएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप