तीन डीआईजी एआईजीमा बढुवा, नयाँ आईजीपीको दौडमा थापा र पाल
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जनालाई बढुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरु शैलेश थापा, हरि पाल र तारिणिविक्रम लम्साललाई बढुवा गर्ने निर्णय गरिएको हो । गत फागुन १५ गते गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने संयोजकत्वको समितिले उनीहरुलाई बढुवाको सिफारिस गरेको थियो ।
तर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर लामो समय अस्पतालमा बस्नुपरेपछि सिफारिस अनुमोदन हुन ढिलाइ भएको थियो ।
यसअघि नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए ।
लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका थिए।
अबको ४ महिनापछि हाल बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्नेछन् । एक नम्बरमा बढुवा सिफारिस भएपनि लम्साल भने उमेर हदका कारण आईजीपी बन्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण