सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ ।
यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित ८ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने र आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनपर्ने माग गर्दै रिट निवेदन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण