अधिकांश ठूला पूर्वाधार आयोजना ठप्प
काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ । कोरोना भाइरसका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए । केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन् । तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन् ।
कोरोना भाइरस र लकडाउनका कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा—नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ—बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ । त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ ।
लकडाउनको अवस्थामा पनि आयोजना तथा निर्माणाधीन स्थलभित्रै रहेका कामदारबाट केही आयोजनामा भने काम भइरहेको छ । तिनमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना पर्छन् । त्यस्तै, हुलाकी राजमार्ग तथा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनामा प्रक्रियागत कामहरू छिटफूट रूपमा भइरहेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण