इटाली र स्पेनका स्वास्थ्यकर्मीहरुको आवाजः हामीलाई एक्लै नछोड
एजेन्सी । स्पेनमा ६ हजार ५ सय स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उक्त संख्या स्पेनमा सो भाइरसबाट संक्रमित हुने कूल संख्याको १४ प्रतिशत हो । कोरोना भाइरस संक्रमणका कारण ३ जना डाक्टरको मृत्यु भैसकेको छ ।
त्यस्तै, इटालीमा ७ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ३७ जनाको मृत्यु भैसकेको छ । यी दुवै देशमा स्वास्थ्यकर्मीहरुले सरकारसँग सुरक्षा उपकरणको माग गरिरहेका छन् । डाक्टरहरुले सरकार र आम नागरिकसँग आफुहरुलाई एक्लै नछोड्न आग्रह गरिरहेका छन ।
उनीहरुले आफुहरुलाई सहयोग गरे मात्र आमनागरिकहरुको सुरक्षा हुने बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनले यी देशमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा संक्रमण हुने चेतावनी दिँदै आएको छ । यदि ठुलो संख्यामा डाक्टर र नर्सहरु संक्रमित भएमा मर्नेहरुको संख्या समेत अत्याधिक बढ्ने चेतावनी दिइएको छ ।
यी दुई देशमा स्वास्थ्यकर्मीहरुको अवस्था यति नाजुक हुँदै गएको छ कि उनीहरुका लागि कुनै सुरक्षित सुट र मास्क समेत उपलव्ध हुन छाडेको छ । धेरै स्वास्थ्यकर्मीहरुले घरमा प्लाष्टिकका सुटहरु प्रयोग गरिरहेका छन् ।
इटालीमा ८० हजार ५ सय ८९ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ भने मर्नेको संख्या ८ हजार २ सय पुगेको छ । स्पेनमा ५७ हजार ७ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण