कोरोना महामारीः विश्वभर २५ हजार व्यक्तिको मृत्यु, ५ लाख ६६ हजारमा सङ्क्रमण पुष्टि (अपडेट)
एजेन्सी । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ६६ हजार ६४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा ८ हजार २१५, स्पेनमा ४ हजार ९ सय ३४, चीनमा ३ हजार २९२, इरानमा २ हजार ३७८, फ्रान्समा १ हजार ६९६ र अमेरिकामा १ हजार ३८२ जनाको मृत्यु भएको छ ।
केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ । अमेरिकामा ९३ हजार १५१, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४९ हजार ३४४, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
एसिया
चीन र इरानबाहेकका एशियाली मुलुकहरूमा सङ्क्रमणको बढी प्रभाव दक्षिण कोरिया र जापानमा रहेको छ । जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ ।
जापान र दक्षिण कोरियामा फेब्रुअरीको अन्त्यदेखि तथा मार्चको सुरूसम्ममा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भएपनि पछिल्ला केही हप्ता सङ्क्रमण र मृत्युदरमा उल्लेख्य नियन्त्रण देखिएको छ ।
दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी एक हजार २५२ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । भारतमा ७९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।
श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ९४व्यक्तिमा सङ्क्रमण चारको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण र नेपाल र भूटानमा तीन÷तीन जनामा सङ्क्रमण पुष्टिभएको छ । नेपालमा सङ्क्रमित तीन जनामध्ये एक जना निको भै घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण