रुकुमपूर्वमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन
रुकुम । रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि र कोरोना जोखिम रोकथामका लागि गठित वडास्तरीय समन्वय समिति र गाउँपालिकस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।
कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो एक महिनामा विदेशबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न लागिएको अधिकृत श्रेष्ठले बताए । विवरण सङ्कलनका क्रममा कुन ठाउँबाट फर्किएका हुन्, फर्किएको माध्यम, मिति र अन्य जानकारीसहित राख्ने गरिएको छ । विदेशबाट फर्किएकाको मात्र नभई अन्य जिल्लाबाट गाउँपालिकामा प्रवेश गरेकाहरुको पनि विवरण सङ्कलन भइरहेको गउँपालिकाले जनाएको छ ।
यसैगरी जिल्लाको सिस्ने गाउँपालिकाले पनि विदेशबाट आएकाहरुको विवरण संकलन गरिरहेको छ । गाउँपालिकाले पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई चैत महिनाको १ गतेभन्दा पछाडि आएकाहरुको विवरण सङ्कलन गर्न जिम्मा दिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए ।
विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन र होम क्वारेनटाइनमा बस्न भनिएको छ । विदेशबाट आएर कोही लुकिछीपी गाउँघरमा बसिरहेको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण